प्रज्ञाले ‘बीस’लार्इ ‘बिस’ लेख्छ, हामीले कारबाही खेप्नुपर्ने ? चिन्तामणि शिवाकोटी

  २०७५ मंसिर १७ गते ५:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको भाषिक ‘गल्ती’मा आफूहरु दोषी बन्नु परेको गुनासो गरेका छन् । गत वर्ष राष्ट्र बैंकले निष्काशन गरेकाे २० रूपैयाँकाे नाेटमा ‘बीस’ काे सट्टा ‘बिस’ छापिए पछि अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँग बयान लिएकाे छ।

कामु गभर्नर शिवाकोटीले नेपाल राष्ट्र बैंकको नोट डिजाइन कमिटीमा नेपाल प्रज्ञा प्रतिष्ठानका विज्ञ समेत रहने भन्दै कमिटीले दिएको सुझावका आधारमा आफूहरुले नयाँ नोटमा ह्रस्व ‘बिस’ लेखेको प्रष्ट पारे । उनले प्रज्ञा प्रतिष्ठानले छापेकाे पछिल्लाे शब्दकाेषमा समेत ‘बिस’ नै रहेकाे तथ्य प्रस्तुत गरे ।

‘नोट डिजाइन समितिमा गभर्नर, दुई जना डेपुटी गभर्नर, नोट विभागका कार्यकारी निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट एक जना विज्ञ, वन विभागका विज्ञ, पुरातत्व विभागको विज्ञ लगायतको सहभागिता हुन्छ । प्रतिष्ठानका विज्ञले ‘तीन’ बाहेक सबैमा ह्रस्व हुन्छ भनेपछि हामीले ‘बिस’ लेखेका हौं, तर यसले ठूलै हल्ला भयो, अख्तियारमा हामीले मुद्दा खेप्नु परेकाे छ ।

शिवाकोटीले नेपाली भाषामा विकृति भित्रिएको भन्दै पुरानो पुस्ताले सिकेको भाषा र नयाँ पुस्ताले सिकेको भाषामा फरकपन आउनाले अन्यौलता सिर्जना भएको बताए । भाषा सञ्चारको माध्यम भए पनि यसमा एकरुपता कायम हुनुपर्नेमा उनले जोड दिए । सरकारी क्षेत्रका कर्मचारीहरुले पनि नेपाली भाषामा पत्र लेख्दा भाषामा एकरुपता कायम गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.