पुस १ गतेदेखि उपत्यकामा नयाँ रुट शुरू हुने, यसरी गुड्नेछन् १५ रुटमा सार्वजनिक सवारी

  २०७५ मंसिर १४ गते १४:१५     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकामा पुस १ गतेदेखि नयाँ रुट लागू गर्ने भएको छ । विभागले उपत्यकाभित्र १५ वटा प्राथमिक रुट क्षेत्र निर्धारण गरी सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरेको हो । उपत्यकाको सवारी जामलाई कम गर्ने उदेश्यले विभागले नयाँ रुट निर्धारण गर्न लागेको हो ।

विभागले पुस महिनादेखि नयाँ रुट लागू गर्ने गरी काम भैरहेको प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । ‘हामीले उपत्यकाको सवारी जामलाई व्यवस्थित बनाउन नयाँ रुट लागू गर्न लागेका छौं, यसका लागि विभागले रुट निर्धारणको काम सकिसकेको छ’, उपाध्ययले विकासन्युजसँग भने- पुसभित्रै यो रुट लागू गर्नेछौँ।

विभागले उपत्यकाभित्र सञ्चालन हुने १५ वटा लामो प्राथमिक रुट क्षेत्र निर्धारण गरेको छ । जसअन्तर्गत सबैभन्दा लामो रुट रिङरोडलाई राखेको छ । २७ किलोमिटर लामो रिङ रोडलाई चोक सहित र चोक रहित गरि २ भागमा विभाजन गरिएको छ । दुबै रुटको लम्बाई २७.३ किलोमिटर रहेको छ ।

प्राथमिक रुट पी १ अन्तर्गत नयाँ बसपार्क गोंगबुबाट शुरु भएर नारायणगोपाल चोक, चाबहिल-गौशाला-एअरपोर्ट-कोटेश्वर-बालकुमारी ग्वार्को-सातदोबाटो-बल्खु-कलंकी-स्वयम्भु हुँदै नयाँ बसपार्क आउँनेछ । यसैगरी, अर्को रुट बालाजु, स्वयम्भु, कोटेश्वर, नारायण गोपाल चोक हुँदै पुन नयाँ पार्क आउनेछ ।

यस्तै, प्राथमिक रुट चोक रहित पी ३ अन्तर्गत बुढानिलकण्ठबाट, चपली-हात्तीगाैडा गौडा-गोल्फुटार – बाँसबारी- नारायणगोपाल चोक-महाराजगंज,लाजिम्पाट, लैनचौर, दरबारमार्ग, पुरानो बसपार्क, शहीदगेट, त्रिपुरेश्वर, थापाथली, कुपोंडोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेल पुग्नेछ ।

यसैगरी, विभागले अन्य रुटहरुमा बुढानिलकण्ठदेखि लगनखेल, लगनखेलदेखि बुढानिलकण्ठ, पुरानो बसपार्कदेखि भक्तपुर, भक्तपुरदेखि पुरानो बसपार्क, नागढुङगादेखि मुलपानी, मुलपानीदेखि नागढुङगा, मुलपानीदेखि लगनखेल, लगनखेलदेखि मुलपानी, नयाँ बसपार्कदेखि नयाँ बसपार्क, बालकुमारी पुलदेखि बालकुमारी पुल, लगनखेलदेखि गोदावरी र गोदावरीदेखि लगनखेल रुट छुट्याएको छ ।

विभागले अहिले प्रारम्भिक अध्ययन सकिसकेको र व्यवहारिक अध्ययन पुसबाट शुरू हुने विभागका प्राविधिक सल्लाहकार पदमबहादुर शाहिले बताए ।

यस्तो छ विभागले बनाएको नयाँ रुट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.