लगातार बजार घट्दा सबैभन्दा बढी गुमाउनेमा लघुवित्त, त्यसपछि इन्स्योरेन्स

  २०७५ मंसिर १३ गते १५:४०     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगातार गिरावट अाएकाे छ । याे साताभरी नै बजार राताे भयाे र  बिहीबार पनि नेप्से १० अंकले  घट्याे ।

बजारमा निरन्तर गिरावट अाउँदा  लघुवित्त संस्थाका सेयरधनीले बढी गुमाएका छन् । बिहीबारको कारोबारमा पनि धेरै गुमाउनेको अग्रस्थानमा रहेका १० कम्पनी मध्ये सबैभन्दा बढी लघुवित्त संस्था रहेका छन् ।

सबैभन्दा बढी गुमाउने १० कम्पनीमध्ये लघुवित्त मात्र ५ वटा छन् । सबैभन्दा बढी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ५.२४७ प्रतिशत गुमाएका छन् । त्यस्तै, डिपरोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.९९, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४.२३, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.०२ र विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८४ प्रतिशतले घटेको छ ।

राम्राे लाभांश घाेषणा गरेका संस्थाकाे पनि मूल्यमा गिरावट देखिएकाे छ । बिहीबार डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश घोषणासँगै सेयर मूल्यमा गिरावट आएको छ । सो दिनभरको बजारमा यस संस्थाको मूल्य अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँ घटेर प्रतिकित्ता ५९० रुपैयाँमा झरेको छ ।

लघुवित्तपछि सबैभन्दा बढी इन्स्यारेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आइरहेको छ । बिहीबार गुमाउनेको अग्रस्थानमा रहेका मध्ये विभिन्न ३ बीमा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशतले घटेको छ । त्यस्तै, नेकाे इन्स्योरेन्सका लगानीकर्ताले ५.२० र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ३.७७ प्रतिशत गुमाएका छन् ।

कमाउनेको अग्रस्थानमा रहेका १० कम्पनीमध्ये अधिकांश वाणिज्य बैंक र जलविद्युत कम्पनी रहेका छन् ।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीकाे सेयर मूल्य भन्दा लघुवित्त तथा बीमा समूहकाे मूल्य अझै माथि छ । वाणिज्य बैंक समूहकाे परिसूचक १००९ हुँदा माइक्राेफाइनान्स समूहकाे परिसूचक १३०० भन्दा माथि छ । त्यस्तै बीमा समूहकाे परिसूचक ५ हजार भन्दा माथि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.