महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई लाईसेन्स दिन सर्बोच्च अदालतको दोस्रो आदेश

  २०७५ मंसिर ९ गते ११:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दोस्रो पटक आदेश दिएको छ । गत शुक्रबार प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायधीशहरु केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजलासले समितिको माग खारेज गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन जारी गरेको परमादेशलाई निरन्तरता दिएको हो ।

सर्वाेच्च अदालतले गत असार १४ गते महालक्ष्मी इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन परमादेश दिएकाे थियाे । तर अर्थमन्त्रालयले बीमा सम्बन्धि नयाँ एेन बन्दै गरेकाे अवस्थामा नयाँ कम्पनीलार्इ लाइसेन्स वितरण राेक्न अर्थ मन्त्रालयले बीमा समितिलार्इ निर्देशन दिएपछि बीमा समितिले अदालतकाे परमादेश  पुर्नरावलोकन माग गरेकाे थियाे ।

समितिले असाेज २३ गते सर्बाेच्च अदालतमा दायर गरेकाे मुद्दा खारेज भएकाे  छ ।

अर्थमन्त्रालय र बीमा समितिलाई विपक्षी बनाएर महालक्ष्मीका प्रवद्र्धक मनोरञ्जन रमण शर्माले सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।

शुरूमा बीमा समितिले ताेकेकाे समय अवधिमा सबै प्रकिया पुरा नगरेकाेले लाइसेन्स पाउन नसकेकाे याे कम्पनीलार्इ पछिल्ले समय अदालत साथ दिएकाे छ । तर कम्पनीप्रति  नियामक निकाय र अर्थमन्त्रालय नकारात्मक बन्दा कानुन अनुसार लगानी गर्ने, कर तिर्ने, राेजगारी  सिर्जना गर्ने तथा बीमा सेवा दिएर नाफा गर्छु भन्ने लगानीकर्ता मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.