गैँडाकोटस्थित सहकारीबाट १२ करोड मुनाफा, नेपालमा पहिलो पटक एटीएम सेवा शुरु

  २०७५ मंसिर ६ गते १४:०५     विकासन्युज

काठमाडौं । दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी तीन अर्ब ५३ करोड पुर्याएको छ ।

संस्थाका अध्यक्ष केशव सापकोटाका अनुसार सहकारीले दुई अर्ब ५६ करोड लगानी गरेको छ । निक्षेप रु दुई अर्ब ६५ करोड सङ्कलन गरेको सहकारीमा शेयरपूँजी मात्रै ३१ करोड ५० लाख पुगेको छ ।

४५ हजार सदस्य रहेको उक्त संस्थाको मुख्य कार्यालय गैँडाकोटमा रहेको छ । ११ वटा सेवा केन्द्र रहेका सहकारीमा मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालका अनुसार विभिन्न कोषमा मात्रै २७ करोड २५ लाख १० हजार रहेको छ जसमध्ये जगेडा कोषमा १३ करोड ३५ लाख रहेको जनाएका छन् । सहकारीले नेपालमै पहिलो पटक एटिएम सेवासमेत शुरु गरेको छ ।

भुषालका अनुसार सोही एटिएम कार्डबाट शेयरधनीले नेपाल, भारत र भूटानका बैंकहरुबाट पैसा निकाल्न पाउने भएका छन् । सहकारीले मिसकल, ट्याबलेट, स्मार्ट मोबाइल बैंकिङ, नगदरहित सेवा विस्तार गरिरहेको छ । अध्यक्ष सापकोटाका अनुसार जन्मदेखि मृत्युसम्म भन्ने नारालाई परिमार्जन गरी कोखदेखि चितासम्म भन्ने नारासाथ शेयरधनीलाई सेवा दिइरहेको जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.