एन्टिबायोटिक प्रयोग गर्दा के-के कुरामा ध्यान दिने ? मात्रा पूरा नगरी औषधी बिचमै नछोडौं

  २०७५ कार्तिक ३० गते १७:१६     विकासन्युज

काठमाडौं। ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ।

कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ ।

के-के कुरामा ध्यान दिने

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ ।

३. एन्टिवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता ९प्रतिरोध० को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ ।

४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपुर्याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोगृ सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ ।

६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टवायोटिकले असर गर्दैन ।

७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं ।

औषधिको दुरुपयोग नगरौं

१. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं ।

२. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं ।

३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं ।

४. औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं ।

५. जीवन अमुल्य छ, दुव्यर्सनी वनी यसलाई खेर नफालौं । दुर्व्यसन मुक्त समाज निर्माण गरौं ।

६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं ।

८. औषधिको प्रयोग गर्दा विल लिन नभुलौं । बिल दिँदा औषधि व्यवसायीले चनाखो भई औषधि विक्री वितरण बारे पुनm हेर्ने भएकाले गलत औषधि पर्नबाट बचिन्छ, कानूनसम्मत किसिमले दर्ता भएको औषधि मात्र प्राप्त हुन्छ । औषधिको उचित मूल्यबारे आश्वस्त हुन सकिन्छ, म्याद नाघेको औषधि पर्ने सम्भावना कम हुन्छ र गलत औषधि परेको अवस्थामा भूलसुधार गर्न सक्ने अवस्था रहन्छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.