चितवन घुम्न जाँदै हुनुहुन्छ ? बुझेर जानुस् कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ?(फाेटाेफिचर सहित)

  २०७५ कार्तिक २७ गते १३:०४     प्रनिश थापा

चितवन। चितवनको घुम्ने मौसम अहिले सबैभन्दा उपयुक्त हो । बिशेषत: यहाँको सौराहा, नवलपरासी लगायत आसपास क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न जाने गर्दछन् । पर्यटकीय सिजनलाई आधार मानेर चितवनमा के कस्ता रिसोर्टहरु छन् । र, कुन रिसोर्टमा बस्न कति खर्च लाग्छ ? भनेर जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।

कुन रिसोर्टमा कति खर्च लाग्छ ?

१. पश्चिम् चितवनको जगतपुरमा रहेको मचान प्याराडाईज भ्यु सुविधा सम्पन्न रिसोर्ट हो । २० वटा डिलक्स रुम रहेको रिसोर्टमा एक रातको ८० डलर खर्च गर्नुपर्ने हुन्छ । विगतदेखि नै संचालनमा रहेको मचानका संचालक प्रकाश श्रेष्ठ हुन् । ८० सिट क्षमताको सभाहल समेत रिसोर्टमा चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको छ । जहाँ जंगल सफारीको समेत सुविधा रहेको छ ।

२. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै रहेको आइल्यान्ड रिसोर्टमा सुईट डिलक्स १२ वटा रुम र स्ट्यान्र्डड १६ वटा गरी २८ रुमहरु रहेका छन् । एकरातको १२५ डलर खर्च गर्नुपर्ने उक्त रिसोर्टमा पनि जंगल सफारी, वर्ड वाच लगायतको सुविधा रहेको छ ।

३. चितवनको मोहन खोला नजिक रहेको उक्त रिसोर्ट पनि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमै रहेको छ । रिसोर्टको एक सुइट, ३२ डिलक्स रुमहरु रहेका छन् । रिसोर्टमा पनि जंगल सफारी, बोटिङ तथा वर्ड वाचिङको सुविधा रहेको छ । रिसोर्टको एकरातको १२५ डलर खर्च गर्नुपर्ने हुन्छ ।

४. सौराहामा रहेको रोयल पार्क होटल पनि सुविधा सम्पन्न होटल हो । ३४ वटा रुम रहेको होटलमा २ रात दिनको प्याकेज ८० डलर मात्रै रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेको उक्त होटलमा जाने पर्यटकको लागि पनि जंगल सफारी, वर्ड वाच तथा बोटिङको व्यवस्था रहेको छ ।

५. मचान वाइल्डलाईफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्दछ । ३६ वटा स्ट्यान्डर्ड रुम रहेको रिसोर्टमा एकरातको १ सय १० डलर खर्च गर्नुपर्ने हुन्छ । वर्ड वाच, जंगल सफारी, वर्ड वाच लगायतको सुविधा पर्यटकलाई दिने गरेका छन् ।

६. चितवनको सफारी नारायणी होटल सुविधा सम्पन्न होटल हो । जसका ३४ वटा रुमहरु रहेका छन् । भने १ सय ४० डलर प्रतिरात खर्च गर्नुपर्ने हुन्छ । होटलले पनि जंगल सफारी, वर्ड वाच र नारयाणीमा बोटिङबाट पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएको छ ।

७. चितवन जंगल लजका ३६ वटा सुविधासम्पन्न रुमहरु रहेका छन् । जम्मा प्रतिरात ६५ डलर खर्च गरे पुग्ने उक्त लजले पर्यटकलाई जंगल सफारी, वर्ड वाच तथा बोटिङको सुविधा दिदैं आएको छ ।

८. चितवन प्याराडाईज रिसोर्टका १२ वटा डिलक्स र १२ वटा स्ट्यान्र्डड रुमहरु रहेका छन् । प्रतिरात २५ डलरमै रुम पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङ तथा बोटिङको सुविधा दिने गर्दछ ।

९. चितवनमा रहेको एडभेन्चर रिसोर्टका ८ वटा डवल रुम र १२ वटा सुविधासम्पन्न सिंगल रुमहरु रहेका छन् । प्रतिरात २५ डलर खर्चमै बस्न पाइने उक्त रिसोर्टले पनि जंगल सफारी, वर्ड वाचिङको सुविधा पर्यटकलाई दिदै आएको छ ।

१०. रिभर साइड स्प्रिङ रिसोर्ट चितवनको कुरीनटारमा रहेको छ । त्रिशुली किनारमा रहेको उक्त रिसोर्टमा २२ वटा स्ट्यान्ड्रड रुमहरु रहेका छन् । जम्मा ४० डलर प्रतिरात लाग्ने उक्त रिसोर्टमा त्रिशुलीमा र्‍याफ्टिङको मज्जा पर्यटकले लिन पाउँने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.