अब महालक्ष्मी विकास बैंकबाटै सूर्य लाइफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ कार्तिक २६ गते १३:२०     विकासन्युज

काठमाडौं । अब महालक्ष्मी विकास बैंक लिमिटेड बाटै सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सूर्य लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको हो ।

उक्त सम्झौतामा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.