वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत लाभांश पारित

  २०७५ कार्तिक १९ गते १०:२९     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरेको छ । माइक्रोफाइनान्सको कार्तिक १७ शुक्रबार सम्पन्न सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांश रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ ।

उक्त साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोबार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । सभामा शाखा कार्यालयहरु मध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट दुइ वटा शाखा कार्यालयहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.