गाेर्खा फाइनान्सबाट बाहिरिए राकेश अडूकिया, १०० रूपैयाँकाे दरले साढे २ लाख कित्ता सेयर बिक्री

  २०७५ कार्तिक १२ गते १५:३८     विकासन्युज

काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता राकेश अडूकियाले गाेर्खा फाइनान्स लिमिटेडमा रहेकाे सबै प्रमाेटर सेयर बेचेका छन् । उनले साेमबार २ लाख ५७ हजार ८५० कित्ता प्रमाेटर शेयर बेचेका छ्न् ।

सेयर बजारमा मूल्य र काराेबार दुबै गएकाे अवस्थामा उनले प्रतिकित्ता १०० रूपैयाँकाे दरले संस्थापक सेयर बेचेका हुन् । कुल २ करोड ५७ लाख ८५ हजार रूपैयाँमा भएकाे उक्त काराेबार काराेबार ६२ वटा स्क्रिपमा भएकाे छ ।

सम्पूर्ण शेयरहरु श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६) बाट बिक्री भएको थियाे भने श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं २८) ले खरिद गरिदिएको थियो ।

सेयर बजारमा साना लगानीकर्ताले मात्र गुमाउने हाेइन, ठूला लगानीकर्ताले पनि ठूलै रकम गुमाउन सक्ने उदाहरण छाेड्दै उनी यस कम्पनीबाट बाहिरीएका छन् । प्रमाेटर सेयर सबै बेचेपनि उनीसँग यस फाइनान्सकाे साधारणा सेयर अझै बाँकी रहेकाे बताइएकाे छ ।

अडुकियाले बेचेका सम्पूर्ण शेयरहरु गोर्खा फाइनान्सका अन्य प्रवद्धक ब्रिटिस गोर्खा आर्मी सम्बद्ध समूहले खरिद गरेको बताइएको छ ।

करिब एक दशक अघि अडूकिया नेपालकाे सेयर बजारमा सर्वाधिक चर्चामा रहेका लगानीकर्ता थिए । गाेर्खा  विकास बैंकमा अामन्त्रित सञ्चालक रहेकाे बेलामा उनी सम्बद्ध एक जग्गाकाे काराेबारमा उनी विवादमा तानिएका थिए ।

विवादमा परेपछि राष्ट्र बैंकले उनकाे बैंक खाता र सबै सम्पत्ति राेक्का गरेकाे थियाे । अडूकियाले अदालतबाट सफाइ पाएकाे लामाे समयपछि राष्ट्र बैंकले उनकाे बैंक खाता र सम्पत्तिमा लगाएकाे राेक्का फुकुवा गरेकाे छ  ।

राष्ट्र बैंकले गाेर्खा  विकास बैंकलार्इ समस्याग्रस्त घाेषणा गर्ने, काराेबारमा राेक लगाउने, सेयर अवमूल्यन गर्ने र  विकास बैंकलार्इ फाइनान्समा झार्ने काम सम्पन्न गरेर लगानीकर्तालार्इ सुम्पेकाे थियाे ।

गत अार्थिक वर्ष फाइनान्सले हकप्रद सेयर  निकाल्दा अडूकियाले  हकप्रद सेयर किनेका थिएनन् । ब्रिटिस गोर्खा आर्मीसम्बद्ध उक्त ग्रुपले हकप्रदमा यसअघि बिक्री नभएको सम्पूर्ण प्रोमोटर शेयर समेत १०४ रुपैंयाको दरले उठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.