गाउँमाभन्दा सहरमा निजी आवास निर्माण सुस्त

  २०७५ असोज ३१ गते १५:१९     विकासन्युज

काठमाडौ । भूकम्पपछिको पुनर्निर्माण अन्र्तगत निजी आवास निर्माण गाउँमा भन्दा सहरमा कम देखिएको छ । विनाशकारी भूकम्प गएको साढे ३ वर्ष वितेपनि पहाडी क्षेत्र तथा गाउँको तुलनमा निजी आवास निर्माण सहरमा भने हुन नसकेको हो । अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार गाउँतर्फ निजी आवास निर्माणमा ३७ प्रतिशत प्रगति देखिएको छ भने सहर तर्फ २२ प्रतिशत मात्रै घर बनेका हुन् ।

प्राधिकरणले दिएको अनुदान निकै कम, जग्गा र निर्माण महङ्गो, विलासी लाभग्राही, कृत्रिम लाभग्राही लगायत अन्य समस्याका कारण सहरी क्षेत्रको आवास निर्माण सुस्त देखिएको हो । काठमाडौं उपत्यकामा निजी आवास मात्रै होइन, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुननिर्माणको अवस्था पनि उस्तै छ ।

काठमाडौं उपत्यकामा मात्रै झन्डै साढे एक लाख घर क्षति भएका थिए । त्यस्मा अहिलेसम्मको तथ्याङ्कअनुसार एक लाख ५ हजार घरमात्रै लाभग्राही सुचीमा परेका थिए । त्यसमध्ये अहिलेसम्म २२ प्रतिशतको हाराहारीमा मात्रै घर बनेको प्राधिकरणले जनाएको छ । झन्डै काठमाडौं उपत्यकामा मात्रै ९५ प्रतिशतले पहिलो किस्ता, २५ प्रतिशतले दोस्रो किस्ता र १८ प्रतिशतले तेस्रो किस्ता पाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

गाउँको तुलनमा सहरी क्षेत्रमा निजी आवास निर्माणमा केही जटिलता थपिएको प्राधिकरणले जनाएको छ । सरकाले उपलव्ध गराउने अनुदानले सहरमा घर बन्न निकै गाहे हुने, कृत्रिम लाभग्राही र निर्माण महङ्गो पर्ने भएकाले पनि सहरी क्षेत्रको निजी आवास निर्माणमा जटिलता थपिएको प्राधिकरणका सीईओ सुशील ज्ञवालीले बताए । ‘गाउँमा भन्दा सहरी क्षेत्रमा पुनर्निमाणमा केही जटिलता र चुनौती छन्’ उनले भने, ‘सहरी क्षेत्रको पुनर्निमाणमा ३ लाख अनुदानले घर नबन्ने भएकाले पनि घर बनाएका छैनन् ।

प्राधिकरणले निजी आवास निर्माण चालू आर्थिक ब त्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सहरी क्षेत्रको पुनर्निर्माणमा देखिएको सुस्तताले लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.