एचएच बजाजको नयाँ शोरुम भरतपुरको चितवनमा

  २०७५ असोज १५ गते २१:१०     विकासन्युज

 

काठमाडाैं ।   एचएच बजाजले सम्पूर्ण सुविधा सहितको नयाँ शोरुम एन के मोटर्स चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ। हंशराजहुलासचन्द एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

यो नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

्नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । एचएच बजाजले देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदानगर्न प्रतिबद्ध रहेको हंशराजहुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यनाजेरले योगेन गुरुङले बताए ।
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.