सिटिजन्स बैंकले डोटीको ३६३३ परिवारलाई बाढ्यो ५ करोड १७ लाख रुपैयाँ

  २०७५ भदौ २८ गते १७:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरेको हो ।

बैंकले डोटी जिल्लाको विभिन्न ७ वटा गाविसका ३६३३ परिवारलाई कूल नगद ५ करोड १७ लाख ७६ हजार ८३५ रुपैयाँ वितरण गरेको हो । बैंकले पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा सो मात्राको रकम वितरण गरेको हो ।

बैंकले गरेको यस्तो कार्यलाई स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.