सेयर बजार निरन्तर घट्दाको परिणाम, ९ वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

  २०७५ भदौ १७ गते १५:३०     रमेश लम्साल

काठमाडौ । कुनै समय बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौंं लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैक तथा वित्तीय संस्थाको सेयर मूल्य समेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैक तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैकको सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ ।

नेपाल स्टकका अनुसार सेञ्चुरी बैककाे प्रतिसेयर मूल्य १६९ रुपैयाँ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैककाे सेयर मूल्य २२७ रुपैयाँ थियो । यस्तै सिभिल बैककाे सेयर पनि घटेको छ । सो बैंक प्रतिसेयर मूल्य १४८ रुपैयाँ छ । गत वर्ष भदौमा सो बैकको सेयर  २३० रुपैयाँमा खरिद बिक्री भएको थियो । जनता बैंककाे सेयर प्रतिकित्ता १५३ रुपैयाँ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैककाे सेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैंकको सेयर २५४ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै मेगा बैकको सेयर १६१ रुपैयँमा कारोबार भएको छ । गत वर्ष ४४९ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर निरन्तर ओरालो लागेको छ ।

माछापुच्छ्रे बैङ्कको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैंकको सेयर गत बिहिबार २०४ रुपैयाँमा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैंकको सेयर ३२७ रुपैयाँमा कारोबार भएको थियो । सेयर बजारमा नेपाल बङ्गलादेश बैक कमजोर देखिएको छ । सो बैकको सेयर १९९ रुपैमा कारोबार भएको छ । गत वर्ष भदौमा सो बैकको सेयर ३३२ रुपैयाँमा खरिद बिक्री भएको थियो । एनसीसी बैकको सेयर पनि ओरालो लागेको छ । सो बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष भदौमा ३६४ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै प्रभु बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा ३७० मा कारोबार भएको थियो । सिटिजन बैकको प्रतिकित्ता सेयर २३५, ग्लोबल आइएमइ बैकको २९६, लक्ष्मी बैकको २३३, बैक अफ काठमाण्डुको २८९, नेपाल बैकको २८६, एनएमबी बैकको ३१६, प्राइम बैकको २९५, सनराइजको २२०, एनआइसी एसियाको ३४० तथा सानिमा बैकको प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ ।

तीन बैककाे सेयर मात्रै बढी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैक तीन बैकको सेयर मात्र मात्रै ५०० रुपैयाँ माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैककाे प्रतिकित्ता ७१५ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष २ हजार २०१ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर मूल्य घट्दै गएको छ । नबिल बैंकको प्रतिकित्ता ९४७ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष सो बैकको सेयर १ हजार ६६५ रुपैयाँमा खरिद बिक्री भएको थियो । एभरेष्ट बैकको सेयर मूल्य ६५८ रहेको छ । गत वर्ष १ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल एसबिआई बैंकको सेयर ४९३ मा कारोबार भएको छ ।

नयाँ लगानीकर्तालाई अवसर

सेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैक तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैकको तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.