संवैधानिक परिषदले रित्त ८ आयोगमा अध्यक्ष सहित ४० जनालाई भर्ना खुलायो, एक साताभित्र अनलाइनमार्फत फारम भर्नुपर्ने

  २०७५ भदौ ५ गते ८:५३     विकासन्युज

काठमाडौं । संवैधानिक परिषदले ८ आयोगका लागि अध्यक्ष र सदस्यसहित ४० जनाका लागि दरखास्त मागेको छ । परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष १ सहित ४ जना सदस्य मागेको छ ।

यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा १ अध्यक्षसहित ४ जना सदस्य नियुक्तिका लागि दरखास्त आब्हान गरेको हो ।

परिषद सचिवालयले संविधान बमोजिम आयोगमा नियुत्त हुन योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र सचिवालयमा तोकिएको फारम भरी अनलाइनमार्फत उपलब्ध गराउन भनेको छ । संविधान कार्यन्वयनमा आएपनि लामो समयदेखि आयोग नेतृत्वविहिन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.