शनिबार ड्रिम डेस्टिनी अस्ट्रेलिया/अमेरिका शैक्षिक मेला

  २०७५ साउन २४ गते १५:५३     विकासन्युज

काठमाडौ । उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भिएस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा साउन २६ गते शनिबारका दिन ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका एजुकेशन फेयर हुन लागेको हो ।

एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहनुका साथै प्रत्यक्ष संवाद समेत गर्न सकिने आयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले जानकारी दिए ।मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमता अनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट निशुल्क परामर्श सेवा पाउने छन् ।

साथै मेलामा अष्ट्रेलियमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका “द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिर्भसिटी, चाल्र्स डार्बिन युनिर्भसिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्बन्धन प्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यु इरा इन्सिच्युट” लगायतका कलेजको सहभागिता रहने छ ।

त्यस्तै मेलामा अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेजहरु “कंकर्ड युनिर्भसिटी, नोभा साउथइस्र्टन युनिर्भसिटी, मर्निङ साइड कलेज, युनिर्भसिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनर्भसिटी” को सहभागिता रहने छ । विहान १० बजे देखी बेलुका ५ बजे सम्म चल्ने मेलामा विद्यार्थीहरुले आफ्ना शैक्षिक प्रमाण सहित मेलामा सहभागिता जनाएको अवस्थामा मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागी भिषा प्रक्रियाको सुरुवात गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.