तपाईको दुई पांग्रे सवारी बिग्रियो ? चिन्ता नलिनुस्, अब एक क्लीक मै सबै समस्या समाधान

  २०७५ साउन २० गते १६:४३     विकासन्युज

काठमाडौं । के तपाई आफ्नो दुई पांग्रे सवारी बिग्रेर चिन्तामा हुनुहुन्छ ? चिन्ता नलिनुस्, अब एक क्लीक मै दुई पांग्रेका सबै समस्याहरु समाधान हुनेछन् ।

अब ‘थर्ड ह्वील नेपाल’ले नै सबै समस्याको समाधान गर्नेछ । थर्ड ह्वील नेपालले भर्खरै दुई पांग्रे सवारी साधन प्रयोगकर्ताका लागि नयाँ ‘थर्ड ह्वील नेपाल’ नामक मोबाईल एप्स सार्वजनिक गरेको छ ।

जसमा आफ्नो जानकारी अनि सवारी साधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्ड ह्वीलमा केवल एक बटन र क्लीक मात्र गरेपछि दुई पांग्रेका सबै समस्या समाधान हुने कम्पनीले जनाएको छ । एप्सले दुई पांग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोग गर्नेछ । इम्याट आइटीले सवारी साधन प्रयोगकर्ताका लागि मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि उक्त एप्स बजारमा ल्याएको हो ।

थर्ड ह्विल नेपालका अरूण कुमार राउतले भने, ‘मध्यमबर्गीय आर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पाँग्रे सवारीसाधनमा निर्भर रहेका छौं, यसको मर्मत, संभार लगायत आकस्मिक समय अनि डोहोर्याएर बनाउने ठाँउसम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ ।’ साथै, उनले यस्तो अवस्थामा थर्ड ह्वील अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागि यस एप्स एउटा बरदान सावित हुने बताएका छन् ।

सर्भिसिङ या अन्य केही बाइकको मर्मत चाहिएमा घर या कार्यलयबाटै बाइक मर्मतका तेस्रो पांग्रामार्फत लागि पठाउन सकिने कम्पनीले बताएको छ । समयमै गुणस्तरीय सेवालाई प्रमुख आधार बनाएर निर्माण गरिएको यस एप्सले दैनिक जीवनमा सहज र परिवर्तन ल्याउने कम्पनीको दाबी छ ।

कसरी सेवा लिने?

सबैभन्दा पहिले प्ले स्टोर र एप स्टोरमा गएर ThirdWheelNepal एप्स डाउनलोड गर्ने । त्यसपछि दिइएको फारम भर्नुपर्ने छ । जसमा आफ्नो बाइक नम्बर दर्ता गर्नुपर्छ त्यसपछि मात्रै सेवा लिन सकिने कम्पनीले जनाएको छ । अथवा यसको वेवसाइटबाट पनि सेवा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.