राइटपाथ करियर काउन्सेलिङले पायो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र

  २०७५ साउन १६ गते १७:०३     विकासन्युज

काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले इन्टरनेशनल अर्गनाईजेशन फर स्ट्याण्र्डडाइजेशन(आइएसओ) २००९ः२०१५ प्रमाणपत्र पाएको छ । काउन्सेलिङको कार्य, सेवाको गुणस्तरीयता मापन गरेर वस्तु तथा सेवाको गुणस्तरीय मापन गर्ने निकाय टीएनभी सर्भिफिकेटसन यूकेले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।


यसका साथै काउन्सेलिङ स्थापनाको छोटो समयमै उच्चस्तरीय सेवा प्रदान गर्ने आइएसओ सर्टिफाइड भएको छ । राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ । दुई वर्षमै आइएसओ मान्यता प्राप्त गर्न सफल भएकोमा खुसी हुँदै राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले आइएसओ प्रमाणपत्र पाउन मुख्य रुपमा अभिभावक, विद्यार्थी र कर्मचारी जिम्मेवार रहेको बताएका छन् ।

यस काउन्सेलिङलाई अब्रोड स्टडी एण्ड टेष्ट प्रिपेरेसनका लागि आइएसो दिइएको छ । काठमाडौंको पुतलीसडकमा रहेको राइटपाथले आगामी दिनमा चितवनको भरतपुर र दाङको तुल्सीपुरमा नयाँ शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.