हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

  २०७५ साउन ९ गते १३:३१     विकासन्युज

काठमाडौं । हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुवास पौडेल नियुक्त भएका छन् । गत साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो ।

पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।

यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.