सांग्रिला डेभलपमेन्ट बैंकले राेप्याे १०० वटा रुख, सडक पेटी हरियाली बनाउने उद्देश्य

  २०७५ असार २० गते १७:४५     विकासन्युज

काठमाडौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सडक पेटी हरियाली कार्यक्रम’ अन्तर्गत बालुुवाटार वरपरको सडक पेटीमा वृक्षारोपण गरेको हो ।

उक्त स्थानमा करीब १०० वटा रुख वृक्षारोपण गरिएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र पिडीएसएस संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम ओयोजना गरी सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सराहना गर्दै सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

सो अवसरमा प्रदेश नं. ३ का सभासदहरु दिपक निरौला र नारायणबहादुर सिलवाल, यस विकास बैंकका संचालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायत विकास बैंकका कर्मचारीहरु, का.म.न.पा. वडा नं. २, ४ र ९ का वडा अध्यक्षहरु र पि.डी.एस.एस. संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.