सिद्धार्थ बैक र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ असार १९ गते १८:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अबदेखि नेशनल लाइफ ईन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई जीवन बीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैकंको सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताएका छन् । साथै, जीवन बीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैकं मार्फत सजिलै बुझाउन सकिने उनले जानकारी दिए ।

बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.