नागवेली लघुवित्तको हकप्रद सेयर साउन ४ देखि असार २० गतेसम्मका सेयरधनीले आवेदन दिन पाउने

  २०७५ असार १८ गते ९:३५     विकासन्युज

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

संस्थाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन भदौ ७ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि संस्थाको चुक्तापुँजी दोब्बर बढेर १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.