साढे २ करोड बैंकिङ घोटलामा सामुदायिक लघुवित्तका अध्यक्ष, सञ्चालक र सीईओ पक्राउ

  २०७५ असार १५ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरेको छ ।

अध्यक्ष, सीईओ र सञ्चालकको मिलेमतोमा नियम विपरित निर्णय गराई कर्जा प्रवाह गरी २ करोड ५० लाख रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएको ठहर गर्दै अनुसन्धान व्युरोले तत्कालिन अध्यक्ष हीरा विश्वकर्मा, सञ्चालक बटुकृष्ण कार्की, चण्डेश्वरी प्रधान र सीईओ स्वयम्भुराम जोशीलाई पक्राउ गरी बैंकिङ कसुर ऐनअन्र्तगत मुद्धा चलाएको छ ।

उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ । तत्कालिन सीईओ जोशीले आफनै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा गुडविलको भनी साढे २ करोड रुपैया कर्जा प्रवाह गरेको पाइएपछि पक्राउ गरेको व्युरोले जनाएको छ ।

संस्थाको सीईओ जोशीले नेपाल राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी ७ लाख ४४ हजार रुपैयाँ भन्दा बढि भुक्तानी लिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । यस्तै हद भन्दा बढी संस्थाको सेयर धारण गरेका जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला र संस्थाले आर्थिक कारोबार गर्दा अपारदर्शी ढंगले कारोबार शुरु गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.