बाटो बनाउँदा महेन्द्रको बिरोध गर्नेहरु रेल बनाउँछु भन्दा मेरो बिरोध गर्छन-ओली 

  २०७५ असार १५ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपालमा रेल आउँछ, आफ्नै रेल आउँछ, अर्काको देशको रेल आउने होइन् । हामी आफ्नै रेल बनाएर चलाउने हो । रेलसँग झस्किनेहरुको मैले दुई वटा कुरा बुझिन्, त्रिभुवन विमानस्थल बनाउँदा नेपालमा को प्लेन चढ्छ ? गौचरन भए पुग्छ, विमानस्थल चाहिन्न भन्थे ।

अहिले त्यो पनि सानो भएर अर्काे बनाउनुपर्ने भएको छ । कोदारी राजमार्ग बनाउने बेलामा उधुम बिरोध भएको थियो । महेन्द्रले जवाफ दिनु परेको थियो, गाडी चढेर कम्युनिष्ट आउने होइनन् भनेर । मोहम्मद महाथिरले मलेसियामा ट्वीन टावर बनाउँदा बिरोध भयो । पैसाको दुरुपयोग भयो भनिएको थियो । मलेसियालाई टावर किन चाहियो भनियो । अहिले व्यापार र अर्थतन्त्रको गढ भएको छ ।

८० किलोमिटर पर हवाई मैदान बनायो भनेर महाथिरको बिरोध भएको थियो अहिले त्यो ठिक ठाउँमा छ । एक जना व्यवसायीले मलेसियामा गेन्टिङ आईल्यड नामको रुखो पहाड धेरै पैसा तिरेर खरिद गरे । धेरै त्यो रुखो पहाड किन त्यति धेरै पैसा तिरेर किन्यो भन्थे । अहिले त्यो पिकनिक र पर्यटनको उत्कृष्ट केन्द्रका रुपमा स्थापीत भएको छ । ४।६ लेनको बाटो बनाउने भनियो हो यत्रो बाटो किन चाहियो भन्छन् । पछि त्यो नै सानो हुन्छ । त्रिचन्द्र कलेज बनाउँदा चन्द्र शमशेरले आफ्नै खुट्टामा बञ्चरो हानेँ भन्थे रे ।

अहिले विद्धान मित्रहरुको बिरोध गेन्टिङ आईल्याड नबुझेको जस्तो हो की त्रिचन्द्र कलेज नबुझेको जस्तो हो ? मैले अलिकति मेलो नपाएको कुरा यो हो । जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं । डाक्टर न डाक्टर हामीसँगै रेल चडौँला ।(प्रधानमन्त्री केपी ओलीले प्रतिनीधी सभामा व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.