सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसहित १० ठेकेदार कालोसूचिमा पर्दै

  २०७५ असार १५ गते ८:२९     विकासन्युज

काठमाडौं । रसुवाका सांसद मोहन आचार्यको रसुवा कन्सट्रक्सनसहित १० वटा निर्माण कम्पनी कालोसूचिमा पर्ने भएका छन् । सडक विभागले पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ठेक्का हात पारेर काम नगर्ने १० वटा कम्पनीसँगको ठेक्का रद्द गरि कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

कालोसूचिमा पर्ने कम्पनीहरुमा रसुवाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित काँग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन समेत रहेको छ । पर्साबाट प्रतिनिधि सभामा संघीय फोरमका तर्फबाट विजयी बनेका हरि नारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनलई पनि कालोसूचिमा राख्ने प्रक्रिया सुरु भएको छ ।

त्यस्तै, काभ्रेमा काँग्रेसका तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका गणेश लामाको विरुवा कन्सट्रक्सन पनि रहेको छ । सडक विभागले १५ दिन भित्र ठेक्का सम्झौता अनुसार काम सुरु नहुनुको कारणसहित स्पष्टीकरण मागेको छ । सो अवधिमा चित्त बुझ्दो जवाफ नआएमा ठेक्का सम्झौता रद्द गरेर कालोसूचिमा राख्ने गरि सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

यस अघि मौखिक तथा लिखित रुपमा सम्झौता अनुसार काम अघि बढाउन आग्रह गर्दा पनि आलटाल गरेपछि विभागले ठेक्का रद्द गरेर कालोसूचिमा राख्ने प्रक्रिया आरम्भ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.