नाडेप लघुवित्तको आईपीओ आज बुधबारसम्म मात्र

  २०७५ असार १३ गते ८:४२     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबार बैंकिङ समपछि निष्कासन बन्द हुने भएको छ ।
सर्वसाधारणबाट माग गरेको भन्दा बढी आवेदन परेपछि मंगलबारदेखि आईपीओ निष्कास बन्द हुने बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । संस्थाले गत आईतबारदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल निष्कासन मध्ये ५ प्रतिशत अर्थात २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता सामूहिक लगानी कोष ९म्युचअल फण्ड० लाई र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई दिइने छ ।

आईपीओ निष्कासनपछि संस्थाको चुक्तापँुजी बढेर १६ करोड रुपैयाँ पुग्ने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । संस्थाको केन्द्रीय कार्यलय धादिङको गजुरीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.