लागुऔषध पूर्ण निषेध गर्ने गृहमन्त्री थापाकाे घाेषणा

  २०७५ असार १२ गते १६:४६     विकासन्युज

काठमाडौं । मुलुकमा लागुऔषध प्रयोग र यसको ओसार पसार निषेध गर्ने गृहमन्त्रालयले जनाएको छ । मंगलबार ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सरकारले विकासका लागि पाँच र दश वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्ण रुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको उनले खुलासा गरे ।


केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।

राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा उनको जोड छ ।

‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन,’ उनले भने ‘उक्त आन्दोलनमा सम्पुर्ण जनताको साथ आवश्यक छ ।’

लागुऔषधी कारोबारीहरुलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होईन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ,’ गृहमन्त्री थापाले कायक्रमको अवसरमा भने ।

फेरी उनले थपे, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ ।’ विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन । यसलाई आन्दोलनकै रुपमा अघि बढाउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.