२०७५ असार ६ गते १८:०७ विकासन्युज
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यट (एनबीआई) र केपीएमजी लर्निङ एकेडेमी, भारतबीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एनबीआई र केपीएमजी-इण्डियाद्धारा संयुक्त रुपमा लर्निङ् र डेभलपमेन्टमा कार्यरत कर्मचारीहरुका लागि विभिन्न तालिम प्रदान गर्ने छ ।
एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले कार्यस्थलको बदलिँदो परिवेषलाई संस्थाहरुले समय सापेक्ष र सान्र्दभिक बनाउनको निम्ति नयाँ दृष्टिकोण अपनाउन पर्ने कुरामा जोड दिए । एपीएमजीको सम्बन्धनले नेपालमा पनि अन्तराष्ट्रिय स्तरको अध्ययन शैली भित्र्याउन मद्दत पुग्ने जनाएको छ ।
यसैगरी, केपीएमजीका निश्चय सुरीले केपीएमजीले अपनाएको व्यवहारिक शिक्षा प्रणालीको निर्माण कार्यमा निकै ने गहिरो अनुसन्धान भएको कुरामा जोड दिए । एल एण्ड डी प्रोफेसनल्सलाई प्रदान गरिने विभिन्न कार्यक्रमहरुमा भारतका प्रख्यात एल एण्ड डी सम्बन्धित विज्ञहरुको पनि ठुलो योगदान हुने बताइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.