वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्धारा प्रभातफेरि आयोजना

  २०७५ जेठ २२ गते १८:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा “काठमाडौं हरियाली, मेरो जिम्मेबारी, नगरबासीमा खुसियाली” नारा सहितको प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । बैंकले महानगरिय प्रहरी वृत्त, दरवारमार्गको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।

साथै, बैंकले काठमाडौलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत् कान्तिपथ, दरवारमार्ग, रत्नपार्क, जमल र असनको ज्याठा लगायतविभिन्न स्थानहरुमा सरसफाइतथा वृक्षारोपण कार्यक्रम समेत गरेको थियो ।

वातावरणको संरक्षण गर्नु सबै नागरिक तथा संस्थाहरुको सामाजिक उत्तरदायित्व हो भन्ने जनचेतना फैलाउने उद्देश्यले बैंकले सो कार्यक्रममा सहभागिता जनाएको हो । आगामी दिनहरुमा पनि यस्तै प्रकारका विभिन्न संस्थागत सामाजिक कार्यहरुलाई अझ बढी सुदृढ बनाउँदै लैजाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.