२०७५ जेठ १४ गते १७:५० विकासन्युज
काठमाडौं । लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार बैंकले विभिन्न प्रदेशहरुमा कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्ने भएको छ ।
उक्त सम्झौतामा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माधवप्रसाद अर्यालबीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको छ ।
पहिलो ३ दिनको क्याम्प बाराको निजगढमा हुदैं छ । उक्त क्याम्प यही जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.