लगानी बोर्डले शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो लगानी ल्याउँदै, परामर्शदाता नियुक्तिको तयारी

  २०७५ जेठ १४ गते १३:४७     विकासन्युज

काठमाडौं । लगानी बोर्डले व्यवसायीक कृषि, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भित्र्याउने तयारी थालेको छ ।  बोर्डले यसको संभाव्यता अध्ययन गर्न स्वदेशी परामर्शदातासंग आशयपत्र (ईओआई) मागेको छ । बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ बढी व्यवसायीक रुपमा अघि बढाउने भएको छ ।

यस्तै व्यवसायिक कृषि प्रणालीबाट उत्पादन बढाउने, पशुपालनलाई व्यवसायीकरण गर्ने र मासु प्रशोधन केन्द्र स्थापना गरेर स्वस्थकर मासुको निकासी गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।

बोर्डले सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रबाट मात्र लगानीमा यी आयोजनाको काम अघि बढाउने जानकारी दिएको छ । एक महिनाभित्र आशयपत्र पेश गर्न भनेको छ ।

बोर्डले कृषिलाई व्यवसायीकरण गरेर उत्पादन बढाउन, व्यवसायीक पशुपालन र मासु प्रशोधन केन्द्रको निर्माण गर्ने तयारी थालेको हो । यस्तै शिक्षा र स्वास्थ्यमा ठुलो लगानी भित्र्याउने बोर्डको तयारी छ ।

परामर्शदाता नियुक्तिपछि संभाव्यता अध्ययन सम्पन्न हुने छ । संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक निजी साझेदारीमा आयोजनाको काम अघि बढाउने भएको हो । हाल बोर्डले जलविद्युत, सिमेन्ट, फोहाेर व्यवस्थापन, मेट्रो र मनोरेललगायत वृहत लगानीका आयोजनाको काम अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.