महालक्ष्मी विकास बैंकद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

  २०७५ जेठ १३ गते १८:२३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृगौला रोगी काभ्रेको पूर्णमान तामाङ्गलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३७ वर्षीय तामाङ्गलाई रोगको उपचारका निम्ति सो मात्राको रकम प्रदान गरेको हो ।

बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मृगौला रोगको लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.