२०७५ जेठ ४ गते १४:४७ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार(एकैदिन) मात्र सो मात्राको सेयर सूचिकृत भएको हो ।
त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । २ कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् । हकप्रद सेयर सूचिकृत गर्नेमा पोखरा फाइनान्स र प्रभु बैंक लि. रहेका छन् ।
त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । जसमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.