जनता बैंकद्धारा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२९५ जनाले गरे परिक्षण

  २०७५ जेठ ३ गते १६:१६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

सो मध्ये ३० जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ ।

बैंकले बैशाख २८ गतेदखि ३० गतेसम्म आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्यचिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखेको थियो ।

साथै, ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका बिरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै बिरामीहरुको अवस्था सामान्य रहेको थियो ।

उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमाजनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

उक्त शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.