बीमा समितिको ५० औं स्वर्ण महोत्सवमा ६१ जनाले गरे रक्तदान

  २०७५ वैशाख २८ गते १८:१२     विकासन्युज

काठमाडौं । बीमा समितिको ५० औं स्वर्ण महोत्सवका अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । बीमा समिति कर्मचारी युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा बीमा समिती तथा बीमक कम्पनीका ६१ जना कर्मचारीले रक्तदान गरेको युनियनका अध्यक्ष पदम सोडारीले जानकारी दिए ।

समितिले जेठ १ गते ५० औं स्वर्ण महोत्सव मनाउँदैछ । सोही अवसरको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजीत रक्तदान कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक श्रीमान कार्की,  निर्देशक राजुरमण पौडेल लगायतको पनि सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.