लक्ष्मी बैंकको सहयोगमा सर्पदंशका विरामीलाई निःशुल्क उपचार

  २०७५ वैशाख २४ गते १४:४९     विकासन्युज

काठमाडौं । उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटहरी उपमहानगर क्षेत्रका स्थायी वासिन्दा भएकाहरुलाई सर्पले टोकेमा इटहरी उपमहानगरपालिकाले उपचार गरिदिने उपमेयर लक्ष्मी गौतमले बताएकी हुन् ।

सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने काकर्यक्रममा गौतमले सो कुरा बताएकी हुन् ।

सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्तर्गत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ । विभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा सामुदायिक सर्पदंश केन्द्रको सञ्चालन भईरहेको छ ।

नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पुर्वकै केन्द्र इटहरी भएकाले यस उपचार केन्द्रमा भेन्टिलेटरको पनि आवश्यत्ता रहेको अध्यक्ष पोखरेलले बताए । जटिल प्रकृतिको बिरामी आउदा अन्यत्र पठाउनु पर्ने बाध्यता भएकाले यस्को आवश्यकता रहेको बताए । पोखरेलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिरमीहरुले सेवा लिई सकेको पनी जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.