एनआईडीसीलाई गाभेपछि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब १२ करोड पुग्यो

  २०७५ वैशाख १९ गते १८:०२     विकासन्युज

काठमाडौं । सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ ।  एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभेपछि राष्ट्रिय वाणिज्यको नाफा बढेर ३ अर्ब १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । एनआईडीसीलाइ नगाभ्दा पनि राष्ट्रिय वाणिज्यको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एनआईडीसीलाई गाभेपछि शाखा संख्या बढेर १९१ वटा पुगको जानकारी दिए । उनकाअनुसार चुक्तापूँंजी बढेर ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ । जगेडा तथा कोषको आकार पनि बढेर ८ अर्व ३० करोड ५६ लाख रुपैयाँ भएको छ ।

बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ५४ अर्व १७ करोड ६३ लाख कर्जा तथा सापट १ खर्ब, १५ अर्व ७३ करोड ९ लाख रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा राष्ट्रिय वाणिज्य भएको छ ।

दुबै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक बृद्धि हुने, बैंकको पूंजीकोष बृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान पुग्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.