एभरेष्ट बैंकद्धारा लुम्विनी विकास कोषलाई खानेपानी स्थल हस्तान्तरण

  २०७५ वैशाख १६ गते १४:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्विनीको मायादेवी मन्दिर परिसर बाहिर रहेको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्धिकरण गरीएको खानेपानी स्थललाई व्यवस्थित गरी एक कार्यक्रमका बीच उक्त कोषलाई हस्तान्तरण गरेको हो ।

कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्धारा पानी ख्वाई हस्तान्तरण गरेकाे बैंकले जनाएको छ ।

बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.