आन्दोलन फिर्ता लिन व्यवसायीलाई चेम्बरको अनुरोध

  २०७५ वैशाख ९ गते ७:०९     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्वरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो ।

सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनु पर्ने माग चेम्वरको माग छ । ‘आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशक भन्दा वढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन,’ चेम्बरले भनेको छ ‘सरकारको सिन्डिकेट अन्त्यको प्रयासमा सहयोग गर्न चेम्वरले सवैसँंग विशेष आग्रह गरेको छ ।’

सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन समेत चेम्वरले सरोकारवाला यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.