एनएमबी र सिटिजन्स बैंकको प्रिमियम मूल्य एफपीओ आउदै, हेर्नुस कसको कति

  २०७५ वैशाख ४ गते १७:४३     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले प्रिमियम मूल्यमा १ करोड १८ लाख ७८ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्ने भएका छन् ।एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निष्कासन गर्न लागेका हुन् ।

एनएमबीले चुक्तापुँजी बढाउन र सिटिजन्सले लगानी संरचना परिवर्तन गर्न एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो ।

बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । उसले एफपीओ निष्कासन गर्न गत जेठ २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

यस्तै सिटिजन्स बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले प्रिमियम आम्दानी मात्र ६ करोड ७२ लाख रूपैयाँ आम्दानी हुनेछ ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.