सहयोगी विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा

  २०७४ चैत २९ गते १७:३६     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । एक कार्यक्रमकाबीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ ले गरेका हुन् ।

उक्त सेवा सुरुवातको उद्घाटन गर्दै उनले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरु प्रदान गरिनेछ ।

कम्पनीको अनुसार बैंकका ग्राहकलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदानगर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएको हो । सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको जनाइएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकलाई थप मजबुद बनाउँदै सेवालाई थप्दै लाने बताए । उनको अनुसार बैंकबाट निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका पछिल्लो समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिएको छ । बैंकले नयाँ वर्षको शुभराम्भ सँगै एटीएम सुचारु गर्नेछ ।

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ ।

५० करोड ९६ लाख रुपैयाँ शेयर पूँजी रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी हालसम्म २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.