सुर्खेत, कैलाली र दाङमा नबिल बैंकको नयाँ शाखा

  २०७४ चैत २० गते २०:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङ मा गरि तीन वटा नयाँ शाखाहरु उद्घाटन गरेको छ । ती मध्ये बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरेका हुन् । कैलाली र दाङ शाखाहरुको उद्घाटन समेत बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् ।

बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नबिल बैंकले सो प्रदेशमा शाखा खोलेकोमा स्वागत गरेका थिए । उनले बैंकले दिने सेवा सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान मिल्ने विश्वास गरेका छन् ।

सोही समारोहमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउन अझै धेरै शाखा विस्तार गर्ने योजना रहेको सुनाए । उनले बैंकमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता व्यक्त गरे ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त खुलेका नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्ने जानकारी दिए । उनका अनुसार नबिल बैंकले ६२ वटा शाखाहरुको सञ्जाल, १०९ वटा एटिएमहरुको संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ मुलुकभर विभिन्न एजेन्टहरुमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.