नागरिक लगानी कोष, बिओके र राष्ट्रिय बीमा कम्पनीबीच पेन्सन वितरण सम्झौता

  २०७४ चैत १६ गते १३:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अवकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षण गरेका हुन् ।

हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थाहरुमा अवकाश प्राप्त कर्मचारीहरुको पेन्सन वितरण कार्य कोषले गरेकोले कोषे ढुङा सावित भएको बताएका छन् । उनले बीमा कम्पनीबाट अवकास भएका कर्मचारीहरुको पेन्सन वितरण कोष माफर्त बिओकले गर्ने जानकारी दिएका छन् ।

सम्झौतापछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सन–पट्टामा बैंक र पेन्सन भुक्तानीलिनेको दस्तखत गरी बैकले रकम भुक्तानी गर्ने छ । निवृत्तिभरकले पाउने १२ महिनाको मासिक निवृत्तिभरण र थप एक महिना बराबरको चाडपर्व खर्च सहित १३ महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बैकले भुक्तानी गर्ने छ । निवृत्तिभरकलाई थप अन्य सुबिधा बापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोष मार्फत गरेको अनुरोधका आधारमा मात्रै बैकले थप भुक्तानी गर्ने छ ।

निवृत्तिभरणको भुक्तानी प्रत्येक महिनाको १५ गते पछि गर्ने ब्यवस्था मिलाइएको छ । निवृत्तिभरण रकम भुक्तानी लिन निवृत्तिभरक पेन्सन–पट्टाका साथ प्रत्येक छ/छ महिनामा बैंकमा स्वयं उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ । स्वयं उपस्थित हुन असमर्थ भएमा मञ्जुरीनामाबाट भुक्तानी लिन मञ्जुरीनामाको निवेदन राष्ट्रिय बीमा कम्पनीले प्रमाणित गरेपछि मात्र पाइने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

कोषले यो भन्दा अघि नेपाल दुर संचार र प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानबाट अवकाश प्राप्त कर्मचारीहरुलाई पेन्सन वितरण कार्य गरिसकेको छ । यो सँगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन वितरण गर्ने अनुभव रहेकोले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन वितरणको व्यवस्था गर्ने तर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.