प्रोगेसिभ फाइनान्सको अध्यक्षमा किशोरकुमार महर्जन

  २०७४ चैत १५ गते १५:०९     विकासन्युज

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्ष्यमा किशोरकुमार महर्जन चयन भएका छन् । संस्थाको चैत १३ गते सम्पन्न संस्चालक समितिको बैठकले संचालक सदस्य महर्जनलाई सोही दिनदेखि लागु हुने गरि कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

संस्थाको हाल संचालक समितिको अध्यक्षता गरिरहेका मुकुन्दप्रसाद दाहालले उक्त पदबाट राजिनामा दिए पछि नवनियुक्त महर्जनले उक्त पद सम्हाल्ने भएका हुन् । दाहाल भने यस संस्थाको संचालक सदस्यमा यथावत रहने भएका छन् ।

नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । त्यसका साथै, उनको नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ ।

संस्थाको चैत १२ गते बसेको समितिको बैठकले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्न महर्जनलाई नै संचालक सदस्यमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.