वृज सिमेन्ट, मिरा हिमालय र पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता, ५ लाख अनुदान सहयोग

  २०७४ चैत १४ गते २०:३७     विकासन्युज

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज, पुष्पतारा केडिया फाउन्डेशन र मिरा हिमालयबीच हितकारी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा वृज सिमेन्ट तथा पुष्पतारा केडिया फाउन्डेशनको तर्फबाट अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट संस्थापक एड्रिन हायसले हस्ताक्षर गरेका छन् ।

प्रर्बतारोहि एड्रिन हायसको नेतृत्वमा मिरा हिमालयले २०७२ सालको भूकम्प पश्चात् हिमाली भेगहरुमा सामान्य औषधी, प्राथमिक उपचार लगायत स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षामा काम गर्दै आएको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनले ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । आगामी ३ वर्षसम्मको यस्तो सहयोग निरन्तर केडियाले बताए ।

वृज सिमेन्ट केडिया समूहको धेरै उद्योगहरु मध्ये एक महत्वपूर्ण उद्योग हो । पुष्पतारा केडिया फाउण्डेशन केडिया समूह अन्तरगतको परोपकारी संस्था हो । नाफारहित यो संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्दै आएको छ । मिरा हिमालयले विगत ३ वर्षदेखि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निःशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.