कतार एयरलाइन्सले काठमाडौंदेखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने

  २०७४ चैत १२ गते १७:२१     विकासन्युज

काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो ।

अब नेपालीहरुले ग्रीसको पर्यटकिय स्थल थेसालोनिकी जान कतारको दोहा ट्रान्जिट भएर सजिलै जान सक्नेछन् । नेपालीहरुको घुम्ने आनी बानीमा वृद्धि भएसँगै अन्य पर्यटकिय मुलुक जस्तै ग्रीस नेपालीका लागि रोजाइको गन्तव्य बन्ने एयरलाइन्सले विस्वास लिएको छ ।

एयरलाइन्सकाे अनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको ७ सय अमेरिकी डलर करिब ७२१०० नेपाली रुपैंया पर्नेछ । एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.