नाकाबन्दीले तोडेको कर्णाली-काठमाडौं सिधा उडान रबिन्द्रले जोडे

  २०७४ चैत ८ गते १५:०५     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दीले तोडिएको काठमाण्डौ देखि सुर्खेत सिधा उडान पुन; सञ्चालनमा आउने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कर्णाली प्रदेसको राजधानी सुर्खेतमा चैत २१ देखि सिधा हवाई उडान गर्न निर्देशन दिएका हुन् ।

बिहिबार पर्यटन मन्त्रालयमा भएको छलफलमा सिधा उडान गर्ने निर्णय भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेस मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धिको छलफल भएको थियो ।

सिधा उडान गर्ने निर्णय गर्दै अधिकारीले अब सुर्खेतमा नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.