झापा, दमकको औद्योगिक क्षेत्र स्थापना कार्य सुरु, मुआब्जा दावी गर्न जग्गाधनिलाई अनुरोध

  २०७४ फागुन १४ गते १२:१५     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध गरेकाे हाे ।


उक्त औद्यागिक क्षेत्रभित्रको सिजुवा, दमक, राजघाट र मधुमल्ला हाल कमल गाउपालिका र दमक नगरपालिकाभित्र पर्ने ४३० जग्गाधनिहरुकाे जग्गा स्थानिय रुपले प्राप्त गर्नु पर्ने भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । त्यसैले सम्बन्धीत जग्गाधनि, मोही लगायत व्यक्ति तथा कम्पनीहरुले मुआब्जा दावी गर्न आआफ्नो हकदैया वा भोगचलन सम्बन्धी सवुत प्रमाण सहित ३५ दिनभित्र रित पुर्वक निवेदन दमक नगरपालिका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक क्षेत्रको जग्गा प्राप्ती सम्बन्धिक सम्पर्क कार्यालयमा सम्पर्क गर्न जानकारी दिएकाे छ ।

सरकारले संघीय संरचाना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना आनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढिरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा दमकमा, प्रदेश नं २ मा सर्लाहीको मुर्तीया, ३ मा मकवानपुरस्थित हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश नं ४ मा गोरखाको पालुङटारमा औद्योगीक क्षेत्र बनाउने तयारी गरिरहेको छ ।

त्यस्तै प्रदेश नं ५ मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश नं ६ मा सुर्खेतको साताखानी र प्रदेश नं ७ मा कैलालीको लम्की , कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.