२०७४ फागुन ८ गते १६:४३ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर लगानीकर्तालाई खाता अद्यावधिक गर्न र सी–आस्वा रजिष्ट्रेशन नम्बर लिन बोलाएका छन् ।सार्वजनिक सुचना प्रकाशित गरेर आउदो शुक्रबारदेखि धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आस्वा) लागु हुने भन्दै बैंक खाता, हितग्राही खाता (डीम्याट एकाउन्ट) अद्यावधिक गरी सीआस्वा रजिष्ट्रेशन नम्बर लिन ग्राहकलाई अनुरोध गरेका हुन् ।
कृषि विकास बैंक, मेगा बैंक, कुमारी बैंक र नविल बैंकलगायत सबै बैकले सार्वजनिक सुचना प्रकाशित गरी खाता अद्यावधिक र सीआस्वा रजिष्ट्रेशन नम्बर लिन भनेका हुन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड आउदो शुक्रबारदेखि साधारण सेयर (आईपीओ) हकप्रद सेयर र थप निष्कासन (एफपीओ) दरखास्त अनलाइनमार्फत भर्न पाइने व्यवस्था गरेको छ ।
सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनका अतिरित्त अहिलेको जस्तै बैंकबाट पनि आस्वामार्फत सेयर भर्न पाइने छ । अनलाईन सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ ।
सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ ।
सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो ।सीआस्वा रजिष्ट्रेसन नम्बर लिएपछि घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.