रेडक्रसले ७ हजार घरधुरीलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने

  २०७४ माघ २२ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ७ हजार घरधुरी लक्षित गरी पुनर्लाभ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, रौतहट, उदयपुर, र बर्दिया जिल्लाका बाढी पिडीतलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसकोे सहयोगमा बाढीबाट प्रभावित व्यक्तिहलाई जिविकोपार्जन, आवास, स्वास्थ्य, पानी तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको बाढी पिडीत सम्बन्धी चितवनमा बसेको भेलाले ६ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका अध्यक्ष हरी निरौलाले विपद व्यावस्थापनका लागी स्थानीय तहमा बजेट निकासी भएकोले सो बजेट विपद पुर्व तयारीमा प्रयोग गर्नु पर्ने बताए । ६ महिनामा विपद जोखिम न्यूनिकरण, अपतकालिन आवास व्यावस्थापन, पानीको गुणस्तर परिक्षण र चेतनामूलक जिविकोपार्जन सम्बन्धी पुनर्लाभ कार्यक्रम समावेस हुने छ ।

कार्यक्रमको लागि आवश्यक जनशक्ति जिल्ला –जिल्लामा खटाइसकेको बाढी पिडीत कार्यक्रमका प्रमुख डा. कृष्ण देवकोटाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.